मंगलबार, फागुन १३, २०८१
श्रीलंकामा खडेरीका कारण पिउने पानी अभाव


रासस–सिन्ह्वा
अगस्ट २२, २०२३

प्रतिकात्मक तस्बिर
कोलम्बो । खडेरीका कारण करिब २ लाख ५० हजार श्रीलंकालीले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मंगलबार यसबारे सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।
यसअघि श्रीलंकाको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकाले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो ।
मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५