रास्वपा सांसद सोविता बेलायतमा, लन्डन र मिडल्यान्डमा अन्तरक्रिया तयारी
लन्डन- युवामाझ लोकप्रिय र राजनीतिमा आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम बेलायत आइपुगेकी छन्।
व्यक्तिगत भ्रमणका शिलशिलामा सोमबार आफ्नो श्रीमानका साथ लन्डन उत्रिएकी हुन् उनी । सोविता अगस्ट २५ तारिख नेपाल फर्किने कार्यक्रम छ।
तर, सोविता दम्पत्ति एयरपोर्ट आउँदा बेलायतका कुनै कार्यकर्ता स्वागत गर्न फुलमाला बोकेर तंछाडमछाड गरेको देखिएन ।
‘हामीले अन्य पार्टीका नेता मन्त्री आउँदा एयरपोर्ट ओइरिने परम्परा तोडेकै हो’-रास्वपा प्रवास सम्पर्क विभाग बेलायतका सभापति पवन शर्माले नेपालीलिंकसँग भने । फोनमार्फत उनलाई स्वागत गरिएको शर्माले बताए ।
सांसद गौतम व्यक्तिगत भ्रमणकै लागि बेलायत आएको शर्माले जानकारी दिए। तर पार्टीकी एक नेत्री एवम् सांसद आएको अवसरमा बेलायतस्थित पार्टी शुभचिन्तक र नेपाली समुदायसँग अन्तरक्रिया गराउन लागेको उनले बताए ।
शर्माले यही विहीबार प्लमस्टिड र अर्को साता मिडल्यान्डमा सांसद गौतमसँग अन्तरक्रिया गर्ने तयारी रहेको जानकारी दिए। रास्वपा प्रवास विभागले गरेको अन्तरक्रिया भएपनि ईच्छुक सबैले भाग लिन सक्ने उनले स्पष्ट पारे।
बेलायतमा रहंदा सांसद गौतम वेल्स पुगेर त्यहाँ निर्माण भइरहेको नेपाली भिलेज पनि भ्रमण गर्ने कार्यक्रम छ।
गत वर्षको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् गौतम।
आम चासो र समसामयिक विषयहरुमा संसदभित्र र बाहिर दुवैतिर दमदार शैलीमा आवाज उठाउंदै आएकी उनी देशैभर लोकप्रिय छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५