एनआरएनए रुवाण्डाको अध्यक्षमा रमेश शर्मा पुन: निर्वाचित


किगाली- अफ्रिकाको रुवाण्डास्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अध्यक्षमा रमेश प्रसाद शर्मासहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।
सन् २०२१ मा स्थापित एनआरएनए रुवान्डाका शर्मा संस्थापक अध्यक्ष हुन्।
राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा मोहन श्रेष्ठ, महिला उपाध्यक्षमा तिर्सना कोइराला, महासचिवमा शाश्वत कार्की, सचिवमा शुशान्त मलिक, कोषाध्यक्षमा रन्जना काफ्ले, सहकोषाध्यक्षमा सुष्मिता शर्मा, महिला संयोजकमा सुमित्रा पहाडी र युवा संयोजकमा सन्तोष अर्याल छन् ।
त्यसैगरी सदस्यहरूमा विकास श्रेष्ठ, प्रकाश दाहाल, सुजन निउरे, मित्रहरी गुरागाई, पूर्ण र लक्ष्मीप्रसाद गौतम छन् ।
समितिको सल्लाहकारमा अर्चना घिमिरे, डा. रविन्द्र प्रसाद र सरिता राई चयन भएका छन् ।
सन् १९९० को दशकमा गृहयुद्धमा परि दस लाख भन्दा बढीको हत्या भएको रुवान्डा अहिले अफ्रिकाको सबैभन्दा द्रुत गतिले आर्थिक विकास भइरहेको देश हो ।
यहाँ नेपालीहरुको संख्या पनि प्रत्येक वर्ष बढ्ने क्रममा छ ।
रुवान्डा एयरलाई नेपालसम्म पुराउन प्रयास गर्छु’: अध्यक्ष शर्मा
गैरआवासीय नेपाली सङ्घ रुवाण्डामा दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष रमेश प्रसाद शर्माले रुवान्डा एयरलाई नेपालसम्म पुराउन प्रयास गर्ने जनाएका छन्।
“रुवान्डा एयरले अहिले भारतमा नियमित उडान गरिरहेको छ। त्यो उडानलाई नेपालसम्म पुराउन पाए दुई देशबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न मदत पुग्नेछ,” उनले भने।
उनले पूर्वी अफ्रिकामा नेपाली दूतावास स्थापना गर्नका लागि पनि आफूले पहल गर्ने बताए।
शर्माले नेपालबाट अफ्रिकी मुलुकहरुमा मानव तस्करी बढिरहेको भन्दै त्यस विरुद्ध पनि आफूहरुले अभियान चलाउने बताए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५