विवादास्पद न्यायिक प्रणाली परिमार्जन विधेयक पारित



प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्दै प्रहरी । तस्बिर एपी
जेरुसेलम, ८ साउन–इजरायली सांसदहरूले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेका छन् ।
मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको जेरुसेलम र तेल अविभमा पनि विरोध प्रदर्शन भएका छन् ।
मतदानपछि संसद्लाई सम्बोधन गर्दै न्याय मन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका छन् ।
संसद् भवन बाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए । प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो । विरोधका क्रममा कम्तीमा १९ जनालाई पक्राउ गरिएको छ ।
लगातार २९ हप्तासम्म भएको विरोधप्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आम नागरिक आक्रोशित भएका छन् ।
इजरायलको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले पनि विधेयक रोक्न गरेको अनुरोधलाई बेवास्ता गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५