बेलायत एनआरएनएमा गाहामगर पक्षको सदस्य संख्या २० हजार माथि
लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन् ।
८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ ।
सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहंदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो । गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो । २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए ।
गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच पनि दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन् ।
अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५