आइतबार, पुष ७, २०८१
03:26 | ०९:११

मुटुरोगको प्रमुख कारण ट्राइग्लीसराइड

पोषण-५

– विकलचन्द्र आचार्य जुलाइ १५, २०२३

विकलचन्द्र आचार्य

सन् १९५५ मा अमेरिकी राष्ट्रपति आइजहावरलाई हृदयाघात भयो। यसले अमेरिकामा मुटुरोग निरन्तर बढ्नुको कारणबारे ठूलो वहस ल्यायो । यस वहसको खास दुई समूह थियो।

पहिलो समूहमा बेलायती डाक्टर तथा पोषणविद जोन युदकिनले चिनीको अत्याधिक उपभोगका कारण मुटुरोग, मधुमेह, बाथ तथा अरु दीर्घरोग बढेको तथ्यांक प्रस्तुत गरे । अर्को समूहमा अमेरिकी डाक्टर एन्सेल किइजले जनावरबाट पाइने चिल्लो स्याचुरेटेट फ्याटको कारण भएको तर्क अगाडि सारे ।

दोश्रो विश्वयुद्धमा के रासन भनेर किइजले आविष्कार गरी ख्याति कमाएका थिए । जसको अर्थ लडाईंमा जाने सैनिकलाई १२ हजार क्यालोरी बराबरको टिनको रासन बोकी युद्धमैदानमा लड्न सहज बनाएका थिए । किइजले बेलायती र इटालियन खानाको तुलना गरे पछि २२ वटा देशको तथ्यांक प्रस्तुत गर्दै मुटुरोगको मुख्य कारण स्याचुरेटेट फ्याट भनि आफ्नो तर्क प्रस्तुत गरे ।

सन् १९७० मा अमेरिका बैज्ञानिकहरु ब्राउन र गोल्डस्टेनले एलडिएल भन्ने कोलेस्ट्रोल मोलुक्यूल पत्ता लगाए । बच्चाहरुमा हुने फ्यामिलियल हाइपोकोलेस्ट्रोलमिया भन्ने रोगको मुख्य कारण एलडिएल अति उच्च हुने र हृदयाघात भई ज्यान गुमाएका तथ्यांक प्रस्तुत गरे । एलडिएल कोलेस्ट्रोल जनावरबाट पाइने चिल्लो खानाले बढाउने गरेको र ठूलो जनसंख्यामा एलडिएल बढेपछि मुटुरोगको जोखिम रहेको जानकारी उपलब्ध गराए ।

यदि खानाबाट आउने चिल्लो ए भए एलडिएल बि भयो भने मुटुरोग सि भन्ने सूत्र बताए । जसको अर्थ ए ले बि बनाउछ, बिले सि अर्थात मुटुरोग लाग्छ भन्ने अर्थ भयो र यसको मतलब चिल्लो खाना नखाएपछि मुटुरोग लाग्दैन भन्ने कुराको प्रचार भयो । यसपछि डाक्टर एन्सेल किइजको भनाइलाई आत्मसाथ गरियो र जोन युदकिनले चिनीको कारण भन्ने कुरा छायांमा पर्यो। सबैले स्याचुरेटेट फ्याट प्रति सजक भए । खाना कम्पनीहरुले कम चिल्लो भएको खानाको भरपुर प्रचार गरे । मानिसहरुले खुब विश्वास गरे तर मुटुरोग, मधुमेह, मोटोपन झन् वृद्धि हुदै गयो ।

हालैका वर्षहरुमा गरिएको अनुसन्धानमा मुटुरोग लाग्ने जोखिम स्याचुरेटेट फ्याटले १ दशमलब ३ को अनुपातले बढाउंछ । ट्राइग्लीसराइड भन्ने अर्को कोलेस्ट्रोल भन्ने पत्ता लगाएपछि मुटुरोगको जोखिममा आमुल परिवर्तन ल्यायो । ट्राइग्लीसराइडको कारणले मुटुरोग लाग्ने जोखिमको अनुपात १ दशमलव ८ रहन्छ । ट्राइग्लीसराइड रगतमा हुने बोसो हो र एलडिएलको जोखिम अनुपात भन्दा निकै उच्च हुन्छ । ट्राइग्लीसराइड कलेजोले बनाउछ । ट्राइग्लीसराइडको मुख्य श्रोत भनेको चिनी (प्रशोधित खाना) हो । चिनीलाई ख्याल नगरी खाली स्याचुरेटेट फ्याटलाई मात्र मुटुरोग लाग्ने कारण भनिएकोले लाखौ मान्छेहरुले ज्यान गुमाउनु परयो । स्याचुरेटेट फ्याट जटिल बिषय हो र यसलाई रातो मासु तथा दुधमा पाइने चिल्लो गरी दुई भागमा बांडिएको छ । दुधको चिल्लो रातो मासु भन्दा कम जोखिम हुन्छ ।

कोलेस्ट्रोलको किसिम
रक्तकोसिकामा ओहोरदोहोर गर्न कोलेस्ट्रोल मोलिक्युलहरू आफैंमा लिपिड बोक्ने प्रोटिन या लिपोप्रोटिनसँग आवद्ध हुन्छन्। दुई किसिमको लिपोप्रोटिन मुख्य कोलेस्ट्रोलको वाहक हुन्। तीमध्ये लो डेन्सिटी लिपोप्रोटी (एलडीएल) ले दुई तिहाइ बोक्ने गर्छ। बाँकी भएको हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) संग आवद्ध हुन्छ।

एलडिएलले कोलेस्ट्रोल कोरनिरी आर्टरीको भित्ताहरूमा जम्मा गर्ने गर्छ र बोसो जम्मा भई मुटु रोग लाग्ने जोखिम बढाउँछ। यस विपरीत एचडीएलले कोलेस्ट्रोल आर्टरीहरूको भित्ताबाट र अझ तन्तुहरू पनि जम्मा पार्छ र कलेजोमा लगी प्रोसेस गरी शरीरबाट निकाल्छ। त्यसैले एलडीएललाई ‘नराम्रो’ कोलेस्ट्रोल र एचडीएललाई ‘राम्रो’ कोलेस्ट्रोल भनिन्छ।

तेस्रो किसिमकोलाई भेरी लो डेन्सिटी लिपोप्रोटिन (भीएलडीएल) भनिन्छ, जसले थोरै परिमाणमा कोलेस्ट्रोल र ट्राइग्लीसराइड लैजाने गर्छ। ट्राइग्लीसराइड हामीले खाएको प्रशोधित खानाबाट (चिनी) आउँछ।

हामीले खाएको खानामा बनेको क्यालोरी बोसोको रूपमा ट्राइग्लीसराइडमा परिणत हुन्छ । उच्चतम स्वास्थ्यका लागि ट्राइग्लीसराइड र एचडीएल (राम्रो) कोलेस्ट्रोलको अनुपात २:१ हुनुपर्छ । यसको मतलब ट्राइग्लीसराइड १०० छ भने एचडीएल ५० हुनुपर्छ । आफ्नो रगत परीक्षणको नतीजा हेर्दा यि दुबैको अनुपात हेरेर उपयुक्त नभएमा जीवनशैली परिवर्तन गर्नुपर्छ ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल जस्ता अरु रोग नभई रोगको लक्षणहरु हुन् । यस्ता रोगको लागि दिइने औषधि रोगलाई नभई लक्षणको उपचारका लागि हो । हाम्रो शरीरमा तीन किसिमको बोसो हुन्छ । पहिलो सवक्युटेनियस फ्याट जुन छालाको भित्र पट्टी रहन्छ भने अर्को भिस्सेरियल फ्याट जुन शरीरको मुख्य अंग रहेको पेट माथि रहन्छ र अर्को कलेजोमा हुने फ्याट हो ।

अत्याधिक फ्राक्टोज खानाले कलेजो तथा भिस्सेरियल फ्याटको वृद्धि हुन्छ । शरीरमा १० किलोग्राम सवक्युटेनियस फ्याट ,२ देखि ३ किलो भिस्सेरियल फ्याट तथा आधी किलो कलेजोको पयाट भए रोग लाग्ने जोखिम बढ्छ । यसकारण कलेजोमा हुने बोसोको मात्रा रोग लाग्न धेरै जोखिम बढाउंछ । जो मानिसको तौल हेर्दा ठिक देखिएपनि कलेजोमा भएको बोसो तथा भिस्सेरियल फ्याटको कारणले बिरामी हुन्छन् । यस्तो ब्यक्तिलाई टोफी-TOFI (Thin on outside, fat on inside) भनेर चिनिन्छ । सबै किसिमको फ्याट बढाउन प्रशोधित खानाको अग्रणी भूमिका रहन्छ ।

चिनी मौनघातक
चिनीको मतलब हामीले खानाबाट उपभोग गर्नेको चर्चा गरिएको हो । सुक्रोस जस्तै चिनी, उखु, फ्राक्टोज जस्तै कोर्न सिरप, मेपल सिरप, मह, अगाभे गरी पाँच किसिमको चिनी हुन्छ ।

धेरै फ्राक्टोजको उपभोगले बुढो हुने प्रक्रियालाई सातगुनाले बढाउंछ जसले अरु कोषहरुलाई नोक्सान पार्छ । फ्राक्टोज एकदम नसेदार हुन्छ र यसले दिमागलाई उत्तेजित पारी संतुष्टि दिन्छ । एक तथ्यांक अनुसार करिब २० प्रतिशत अमेरिकनलाई चिनीको लत लागेको छ ।

रगतमा हुने ग्लुकोज अर्कै कुरा हो । खानाबाट दुबै फ्रुक्टोज र ग्लुकोज प्राप्ति हुन्छ । ग्लुकोज जीवनको ऊर्जा हो । शरीरको कोषका लागि यो अति महत्वपूर्ण हुन्छ । ग्लुकोज खानाबाट नखाएपनि शरीरले आफ्नो बोसोबाट बनाउंछ । जसलाई ग्लुकोनियोजेनसिस भनिन्छ । यसकारण ग्लुकोज अति आवश्यक छ तर ग्लुकोज खानु भने जरूरी छैन । ग्लुकोज दिमागले पनि उपभोग गर्दछ । ग्लुकोज खानाबाट नपाए कलेजोले शरीरको बोसोलाई ग्लुकोजमा परिणत गर्छ जसलाई किटोन भनिन्छ ।

नुन र उच्च रक्तचाप संगसंगै चिनी मौन घातकको रुपमा आएको छ । सन् २००८ मा गरिएको एक अध्ययनमा बढी फ्राकटोज (फलफुल र बनस्पतिबाट पाइने गुलियो जुन पचाउदा सिधा रक्तकोशिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्थासंग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खादामा पुगेको सङ्केत दिन्छ । हाम्रो समस्या चाहि दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौ । धेरै बेवास्ता भएपछि कोहि व्यक्तिहरुमा लेप्टिनले कार्य गर्न चाहंदैन ।

त्यसो भएपछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधैं धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरु या चेतावनीको घन्टी नै बज्छ । यदि चाडै नै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ खाइएको छ ।

अधिक चिनीले ल्याउने जोखिम

प्रशोधित खानाहरु जस्तै सेतो भात मैदा, मदिरा, सफ्ट ड्रिंक्स आदिले ट्राइग्लीसराइड बढाउछ । सुक्रोस जस्तै चिनी, उखु, फ्राक्टोज जस्तै कोर्न सिरप, मेपल सिरप, मह, अगाभे गरी पाँच किसिमको चिनी हुन्छ ।

प्रशोधित खानाहरुले ट्राईग्लिसराइड बाहेक हाम्रो स्वास्थ्यमा अनेक जोखिम बढाउंछ । सन् २०१० मा गरिएको एक अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्क बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरु बढाउंछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउंछ ।

अमेरिकी मुटु संघले सन २०१३ मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रोसंग रगत मुटुले पम्प नगरे हार्ट फेलिएरको जोखिम प्रबल रुपले बढ्छ । उक्त अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६(फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधि बिरामीहरू पांच बर्ष भित्र मर्न सक्ने तथ्यांक छ ।

चिनी क्यान्सर पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिन अलग राख्न गाह्रो पर्छ । यो किनभने इन्सुलिन कोषहरुमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले बिद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसंग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ ।

चिनीले आन्द्रामा हुने हार्मोन जी आइ पी लाइ चिनीले बढाउने काम गर्छ । जी आइ पी लाइ बी केटनीन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पुरै चिनीको लेबलसंग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि बि केटनीनले कोषको क्यान्सर हुने प्रवलता बढाउन सक्छ । अरु अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ ।

हालै गरिएको अध्ययनमा जसमा घ्रेलिन हार्मोन परिबर्तन हुने व्यक्तिमा बढी चिनी खाने देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन वंशानुगतसंग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरु बढी जोखिम बढाउने काम गर्छ ।

दिमागलाई भार
चिनीले दिमागको पावरलाइ कम गर्न सक्छ । सन् २००९ मा गरिएको अध्ययनले ग्लुकोज खादा कोषहरुको बुढो हुने बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बुढो हुंदै जादा चाउरी पर्ने देखि अरु खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चांडै बुढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको शिकार बन्ने प्रबल जोखिम बढ्छ । यसको अलावा दातमा किरा लाग्नु लगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ ।

धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नु पर्छ । आफूले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवन कम गर्न सकिन्छ । अत्याधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २०१३ मा गरिएको अन्दाजमा संसारमा एक लाख असी हजार मानिस हरेक बर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ ।

चिनीले मोटोपन वृद्धि गराएको छ । चिनीले प्रसस्त उर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबर युक्त खाना, प्रोटिनले जस्तो दिदैन । यो महत्वपूर्ण हो कि दुधबाट आउने चिनी ल्याक्टोज र फलफुलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो खाने ठिक्कको परिणामको हुनुपर्छ ।

त्यसकारण माथि चर्चा गरिएको बढी चिनी उपभोगलाई कम गरि यसबाट हुने रोगको जोखिम कम गर्ने पहल गर्नु नै वाञ्छनीय हुन्छ । यसको शुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाइ कहिलेकाहीं ठिक्क परिणाममा मात्र खाने, फिजी पेय लगाम लगाउने आदि गर्नाले मोटोपन लगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ ।
जस्तो प्रकृतिले दिएको छ त्यही अनुरूप वनस्पति प्रधान खाना खानु पर्छ । सागसब्जी, हॉलग्रेन अन्नहरु, बेरिहरु (स्ट्रोबेरी, काफल, जामुन) नट्स र बियाँहरु, गेडागुडी जस्ता खानाका उदाहरण हुन् ।

मासुमा हुने स्याचुरेटेट फ्याट तथा मासु प्रोटिनले बढाउने हार्मोन इन्सुलिन लाइक ग्रोथ फ्याकटर–१ (आइजिएफ–१) रोगको जोखिम बढाउने कुरा प्रमाणित भई नै सकेको छ । उत्तम स्वास्थ्यका लागि शाकाहारी आहार श्रेयकर हुने यथार्थ बुझ्न जरूरी छ । तर, तेल र नुन भने वर्जित गर्नुपर्छ ।

दीर्घ रोगको जोखिमका खास चालकहरुको गति कम गर्नका लागि वनस्पति प्रधान खानाको प्रभावकारिता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू