युक्रेनलाई नेटोको सदस्यता दिइए विश्वव्यापी तनाव बढाउने पुटिनको दावी



रुसी राष्ट्रपति भ्लादिमिर पुटीन । तस्विर एपी
मस्को, २९ असार-रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् ।
पुटिनले भने, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।”
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो ।
पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै नेटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताका लागि समयसीमा भने दिएको छैन ।
युक्रेनले रूसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ ।
पुटिनले पत्रकारसँग भने, “लामो दूरीका क्षेप्यास्त्रहरूले ‘क्षति पुरयाउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ ।”
उनले अगाडि भने, “नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थिति अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५