ट्विटर प्रतिद्वन्द्वी थ्रेड्सका पाँच दिनमा दश करोड प्रयोगकर्ता


पेरिस, २५ असार–ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।
डेटा ट्रयाकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पु¥याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पुरयाउन साढे दुई वर्ष लागेको थियो ।
बुधवार र बिहीबार एक सय देशमा थ्रेडहरू एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भए भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन । थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
ट्वीटरको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ तर टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौं कर्मचारीहरूलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५