शनिबार, पुष २७, २०८१
08:58 | १४:४३

लन्डनस्थित एक विद्यालयमा कार ठोक्किंदा ८ वर्षीया बालिकाको मृत्यु, १६ घाइते

रासस/एएफपी जुलाइ ६, २०२३

लण्डन, २१ असार–बेलायतको एक विद्यालयमा कारको ठक्करबाट ८ वर्षीया एक बालिकाको मृत्यु भएको र अन्य बालबालिकासहित १६ जना घाइते भएका छन् ।

दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालय भवनमा बिहीबार ल्याण्ड रोभर कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घट्नास्थलमा १६ जनालाई उपचार गरिएको र तिमध्ये १० जनालाई अस्पताल लगिएको लन्डन एम्बुलेन्स सर्भिसका चिफ प्यारामेडिक जोन मार्टिनले बताए ।

विम्बल्डनको एक निजी ‘स्टडी प्रिप गल्र्स स्कूल’मा भएको घटनालाई प्रहरीले आतंकसंग सम्बन्धित नठानेको बताएको छ ।

स्थानीय सांसद स्टिफन ह्यामन्डले बीबीसीसँग कुरा गर्दै दुर्घटनालाई ‘असाधारण दुःखद घटना’ भन्दै हताहत भएकामध्ये धेरैलाई ‘गम्भीर चोट लागेको मानिएको’ आफूले बुझेको बताए ।

विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा ठोक्किएको देखिन्छ ।

गाडी रङ्गीन प्ले म्याट र टेबल जस्तो देखिने घाँसे मैदानमा थियो ।

विम्बलडन कमन नजिकैको क्याम्प रोडमा स्थानीय समयअनुसार बिहान १० बजे प्रहरी, एम्बुलेन्स र दमकल सेवालाई घटनास्थलमा बोलाइएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पत्रकारहरूले विद्यालय बाहिरको सडक साँघुरो भएको र सामान्यतया कुनै पनि गति बढाउन गाह्रो हुने बताएका छन् ।

कार चालक ४० को दशकमा रहेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू