शुक्रबार, पुष २६, २०८१
11:34 | १७:१९

प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हंगामा

रासस जुलाइ ५, २०२३

संसदमा विरोध जनाउंदै प्रमुख प्रतिपक्षी एमाले सांसदहरु । तस्बिर- रासस

काठमाडौँ २० असार -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ ।

दिउँसो ३ बजे निर्धारित बैठक एक घन्टा ढिलो गरी सुरु भएको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले हालै एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँदिल्ली गएको सन्दर्भ उल्लेख गरेकामा विपक्षीले आपत्ति जनाएका थिए ।

तत्पश्चात् आजै आधा घन्टाका लागि स्थगन भएको बैठक साँझ ७ बजे सूचना टाँसेर यही असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू