एनआरएनए यूकेको नयां नेतृत्वका लागि अध्यक्ष उम्मेदवार ४ जना, अधिकांशमा चाहिनेभन्दा बढी
लन्डन । सुनिलबाबु खड्का अध्यक्ष रहेको एनआरएनए यूकेको आगामी नेतृत्वका लागि अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका सदस्य विपिन निरौलाका अनुसार वर्तमान उपाध्यक्ष नारायण कँडेल, तमुधिँ यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए इङ्ल्याण्ड राज्य समितिका संयोजक लालबहादुर (एलबीजेड) गुरुङ र एनआरएनए आइसिसी सदस्य दिनेश घिमिरेको अध्यक्षमा उम्मेदवारी परेको हो ।
मनोनयन दर्ताका लागि शनिबार दिउँसो ३ बजेसम्म समयसीमा थियो ।
दुई जना उपाध्यक्षका लागि कर्मा पहाडी शेर्पा, ज्ञानेन्द्र आलेमगर, अमन (हान्सन) गौचन, सुरेश परियार, रविन्द्र कंडेल र लिलाराम निउरे गरि ६ जनाको उम्मेदवारी परेको छ ।
महिला उपाध्यक्षमा भने सपना खनिया निर्विरोध निर्वाचित भएकी छन् ।
महासचिवमा एक पदका लागि वर्तमान उपाध्यक्ष गोविन्द खरेल र बालकृष्ण भुषालको उम्मेदवारी परेको निर्वाचन समिति श्रोतले जनाएको छ ।
कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध निर्वाचित भएका छन् । दुई सचिवका लागि तिलक भट्टराई र सरोज थापा एवं महिला सचिवमा प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
सह-कोषाध्यक्षमा एक पदका लागि हेमकुमार गुरुङ र सुमन शर्माको उम्मेदवारी परेको छ । युवा संयोजकमा एक पदका लागि वीरेन्द्र नेपाल र सुजित शाहीले उम्मेदवारी दिएका छन् । महिला संयोजकमा भने रोजिना गुरुङ निर्विरोध भएकी छन् ।
४ जना आइसीसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ जसमा अध्यक्ष सुनिलबाबु खड्का, उपाध्यक्ष मोहन कार्की, पूर्व स्वास्थ्य विभाग प्रमुख डा. सुनिलकुमार शाह, चन्द्रबहादुर गुरुङ, सचिव विष्णु चालिसे र दिलरास गुरुङ छन् ।
निर्वाचन समितिले उम्मेदवारहरुको पूर्ण विवरण छिट्टै प्रकाशन गर्ने जनाएको छ । एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा तय छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५