पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ को मृत्यु



डुबानमा पाकिस्तानको लाहोर शहर । तस्बिर सिन्हवा
इस्लामाबाद, ११ असार–पाकिस्तानका विभिन्न क्षेत्रमा गत २४ घण्टामा भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्ह्वालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण छ जनाको ज्यान गएको हो ।
राजधानी इस्लामाबादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा तीन जनाको ज्यान गएको स्थानीय उद्धार टोलीले जनाएको छ ।
भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ ।
प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन् ।
प्रि–मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो ।
यसअघि पाकिस्तान मौसम विभाग (पीएमडी) ले आइतबारदेखि देशमा प्रि–मनसुन वर्षा सुरु हुने भविष्यवाणी गरेको थियो जुन ३० जुनसम्म जारी रहने अनुमान गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५