१५ वर्षमा तीन सय २९ गैँडा मरे
चितवन, ७ असार–चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५-६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५-७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०६९-७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।
निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५-६६ मा १७, आर्थिक वर्ष २०६६-६७ मा २५, आर्थिक वर्ष २०६७-६८ मा १६, आर्थिक वर्ष २०६८-०६९ मा १३, आर्थिक वर्ष २०७०-७१ मा ११ वटा गैँडा मरेका थिए ।
यस्तै, आर्थिक वर्ष २०७१-७२ मा ११, आर्थिक वर्ष २०७२-७३ मा १४, आर्थिक वर्ष २०७३-७४ मा २५, आर्थिक वर्ष २०७४-७५ मा २६, आर्थिक वर्ष २०७६-७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ३३, आर्थिक वर्ष २०७८-७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।
कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको तिवारीले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५