मंगलबार, फागुन १३, २०८१
ट्यूनिसियास्थित ब्राजिल दूतावासमा छुरा प्रहार, सुरक्षाकर्मीको मृत्यु


रासस-सिन्ह्वा
जुन २०, २०२३
ट्यूनिस, ५ असार –ट्यूनिसियाको राजधानी ट्यूनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारका क्रममा मृत्यु भएको ट्यूनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ।
ट्यूनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले उल्लेख गरेको छ, ‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन्।’
बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको बताएका छन् ।
आक्रमणकारीलाई खुट्टामा गोली लागेपछि पक्राउ गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५