लन्डनमा आयोजित हिमालयन कपमा धरान ११ र पोखरा युनाइटेड विजयी
लन्डन । हिमालयन कप फुटबल प्रतियोगिताको पहिलो संस्करण लन्डनमा सम्पन्न भएको छ ।
हिमालयन फुटबल क्लबद्धारा शनिबार लन्डन फेल्थाममा आयोजित प्रतियोगिताको भेट्रानतर्फ धरान ११ र सुपर भेट्रानतर्फ पोखरा युनाइटेड विजयी भएका छन् ।
१० टीमले भाग लिएको प्रतियोगिताको भेट्रान विधातर्फको फाइनलमा धरान ११ ले आयोजक हिमालयन एफसीलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । सुपर भेट्रानतर्फको फाइनलमा पोखरा युनाइटेडले धरान ११ लाई एक-शून्यले हराउँदै विजेता बन्यो ।
भेट्रान समूहको विजेता धरानले १ हजार २५ पाउण्ड नगद, कप र मेडल तथा उपविजेता हिमालयन क्लबले ५ सय २५ पाउण्ड नगद, कप र मेडल प्राप्त गरेको छ।
सुपर भेट्रानतर्फ विजेता पोखरा युनाइटेडले ५ सय २५ पाउण्ड कप, मेडल एवम् उपविजेता धरान ११ ले तीन सय २५ पाउण्ड नगदसहित कप, मेडल प्राप्त गरयो ।
प्रतियोगिताको भेट्रान समूहमा वेष्ट प्लेयर र हाई स्कोरर दुवै धरान ११ का सुवास थापा र सुवास राई पुरस्कृत भए । सुपर भेट्रानतर्फ वेष्ट प्लेयर र हाई स्कोररको पुरस्कार पोखरा युनाइटेडका वासु गुरुङ र लिलु गुरुङ पाए ।
कार्यक्रमका प्रमुख अतिथि तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
२५ वर्षअघि सन् १९९८ मा हङकङमा स्थापित हिमालयन फुटबल क्लबले आफ्नो २५ औँ वार्षिकोत्सवमा हिमालयन कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । भेटेरान समूहमा मात्रै खेलाइएको यो बेलायतमा पहिलो फुटबल प्रातियोगिता हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५