मंगलबार, फागुन १३, २०८१
क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो


रासस– सिन्ह्वा
जुन १७, २०२३

तस्विर एएफपी
ओटावा, २ असार–क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्यांक हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।
क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ ।
सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।
सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।
क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपङ्तिमा छ ।
यदि जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५