ग्रीसमा शरणार्थी चढेको डुङ्गा डुब्दा ७८ जनाको मृत्यु


एथेन्स, ३१ जेठ-ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ७८ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ ।
एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।
हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन ।
यो घटना पाइलोस शहरको तटमा भएको थियो । ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुङ्गा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।
ग्रीस सन् २०१५ देखि शरणार्थी र आप्रवासी आगमनमा अग्रङ्क्तिमा रहँदै आएको छ र विगत आठ वर्षमा एजियन सागरमा सयौंको मृत्यु भएको छ भने हजारौँलाई समुद्रबाट उद्धार गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५