बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित



युक्रेनी सुरक्षा बल खेर्सनमा स्थानीय बासिन्दाको उद्दार गर्दै । तस्विर- एएफपी
खेर्सन, युक्रेन, २४ जेठ–रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।
काखोभका बाँध भत्किएपछि युक्रेनी प्रहरी र दक्षिणी शहर खेर्सनमा रहेका सैनिकहरूले जलमग्न क्षेत्रबाट मानिसहरूलाई डुङ्गामा राखेर बाहिर निकालिरहेका थिए।
उद्धारका बाबजुद पनि रुसी सेनाले आवासीय क्षेत्रमा गोलाबारी जारी राखेको अधिकारीले बताएका छन् ।
युक्रेन र रसियाले मङ्गलबार बिहानै बाँध फुट्नुमा दोषारोपण गरेका छन्, जसका कारण टर्कीका राष्ट्रपतिले दुवै देशका नेतालाई उक्त बाँधको अन्तर्राष्ट्रिय छानबिनको प्रस्ताव गरेका छन् ।
यस विनाशले वातावरणीय विपत्ति र आणविक सुरक्षा जोखिमको डर पनि बढाएको छ किनकि यसले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टका लागि चिसो पानी प्रदान गर्दछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५