भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो



घट्नास्थलमा उद्दारकर्मी । तस्बिर सिन्हवा
नयाँ दिल्ली, २० जेठ–भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् ।
टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।’
घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ भने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५