मंगलबार, फागुन १३, २०८१
म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग


रासस-सिन्ह्वा
जुन २, २०२३
नोमपेन, १९ जेठ—म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ ।
मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन्भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई विदेश मन्त्रालयमा हन्तान्तरण गरिएको हो ।
चक्रवाताका काण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५