प्रधानमन्त्री दाहाल नयाँ दिल्ली आइपुगे



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी । तस्बिर- प्रदीपराज वन्त / रासस
प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उहाँ बस्नुभएको होटल मौर्यमा पुग्नुभएको थियो । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।
यसैबीच आजै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुग्नुभएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५