अमेरिकामा ऋणको सीमा बढाउन सैद्धान्तिक सम्झौता



अमेरिकी सभामुख केभिन म्याकार्थी राष्ट्रपति जो बाइडेनका साथ ओभल अफिसमा । तस्बिर- एएफपी
न्यूयोर्क, १४ जेठ–अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार “सैद्धान्तिक सम्झौता“ गरेका छन्।
‘यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ’, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ’, राष्ट्रपतिले भनेका छन् ।
अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यसबारे उल्लेख गरेका छन् । ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुने र प्रतिनिधिसभाले बुधबार मतदान गर्ने म्याकार्थीले बताए ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार भनेका छन् यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरे ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन् ।
अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा १०२ पटक परिमार्जन गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५