‘मिस नेपाल वर्ल्ड’ उपाधि श्रीच्छालाई
काठमाडौं, १३, जेठ–‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।
आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया श्रीच्छालाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
श्रीच्छाले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा पनि आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता श्रीच्छा काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।
प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । समारोहमा १२ सहविद्याका विजेता समेत घोषणा गरियो ।
मिस नेपाल आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियङ्कारानी जोशीले नै सहभागिता जनाउनेछन् ।
नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५