तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने



ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा । तस्बिर एएफपी
ब्राजिलिया, १३ जेठ–संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौँ कोप आयोजना गरिने घोषणा गरेका छन्। अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् ।
ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोध स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताए । बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५