एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेसहितका नेताहरुको लण्डन आगमन
लण्डन। एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेसहितका नेताहरु लण्डन आइपुगेका छन् ।
एनआरएनए यूकेको भोलि २१ मेमा अल्डरसटमा हुन लागेको विशेष महाधिवेशनका लागि डा. घले र एनआरएनए निवर्तमान उपाध्यक्ष सोनाम लामा शनिबार दिउसो लण्डन आइपुगेका हुन् ।
उनीहरुलाई स्वागत गर्न हिथ्रो टर्मिनल २ मा बेलायतका एनआरएनए अभियन्ता र तमु नेताहरुको भिड लागेको थियो ।
डा. घले र लामालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, महासचिव नम्रता घले गुरुङ, एनआरएनए उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके पूर्व अध्यक्षहरु डमर घले र योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, प्रमुख सल्लाहकार एकिन्द्र गुरुङ लगायतले स्वागत गरे ।
‘वंशजको नेपाली नागरिकता निरन्तरता’ सम्बन्धी वहस समेत हुने उक्त विशेष महाधिवेशनका लागि यसअघि नेपालका राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, टिभी पर्सनालिटीहरु बेलायत आइसकेका छन् ।
एनआरएनए यूकेले विशेष महाधिवेशनमा झन्डै ५ सय जना सहभागी हुने जनाएको छ । तस्बिर- शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५