बीसीसी यूकेद्वारा खेन्चेन पेमा सेरब रिन्पोछेको स्वागत
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स खेन्चेन पेमा सेरब रिन्पोछेलाई स्वागत गरेको छ । गत आइतबार १४ मे का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा रिन्पोछेलाई स्वागत गरिएको हो ।
सो अवसरमा उनी संगै आएका खेन्पो सिरी लामा गुरुङलाई समेत स्वागत गरेका थिए । गत दुई हप्तादेखि बेलायत भ्रमणमा रहेका भारतको मैसुरस्थित बौद्ध निङ्गमापा परम्पराका महाबिहार नामड्रोलिङ्ग गुम्बाका खेन्चेन रिन्पोछेलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङ, बीसीसी यूके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्बा तेम्बालगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमाहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुलगायत भक्तजनहरुले खादा लगाई स्वागत गरेका थिए ।
सो अवसरमा खेन्चेन रिन्पोछेले सात अर्थसार मतिशोधन अभ्यासको आगम र शरणगमनको प्रवचन दिएका थिए । उनको आगम तथा प्रवचनलाई बीसीसी यूकेका खेन्पो फुर्बा तेम्बा गुरुले नेपालीमा अनुवाद गरेका थिए ।
त्यस्तै, बीसीसी यूके कार्यसमिति र आमा समितिले खेन्चेन रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले परमपूज्यनीय खेन्चेन रिन्पोछेलगायत सबै सहभागी पाहुनाहरुलाई स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष क्याप्टेन देव घलेले हिज इमिनेन्स रिन्पोछेको छोटो परिचय दिएका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व आमा प्रमुख, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङलगायतको उपस्थिति थियो । बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।
स्मरण रहोस् गतहप्ता बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख हिज होलिनेशले बीसीसी यूकेले एम्पायर हलमा आयोजना गरेको २५६७ औं बुद्ध जयन्ती कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।
त्यस्तै, गत ७ मे का अल्डरसटस्थित बीसीसी गुम्बाको मेडिटेशन हलको उद्घाटनसंगै मेडिसिन बुद्धको इम्पावरमेन्टर र पोवाको लुङ्ग प्रदान गरेका थिए ।
साथै गत ८ मेमा गुम्बामा श्रद्धेय हिज होलिनेशले बज्रसत्व र पेमा निङ्गथिकको इम्पावरमेन्टसहित लुङ्ग दिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५