युक्रेनमा रकेट फायरबाट मारिए पत्रकार अरमान, बेलायत स्तव्ध
लन्डन, २७ वैशाख–युक्रेनमा रकेट फायरबाट मारिएका एएफपी पत्रकार अरमान सोल्डिनले द्वन्द्वको समाचार सम्प्रेषण गर्न ‘महत्वपूर्ण’ भूमिका खेलेको बेलायतका प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबार उल्लेख गरेका छन् ।
‘अरमान एक प्रतिभाशाली र साहसी पत्रकार थिए र उनलाई चिन्नेहरूका लागि उनको मृत्यु स्पष्ट रूपमा विनाशकारी छ’, उनले पत्रकारहरूलाई भनेका छन् ‘पत्रकारिताले यस युद्धको अन्धकारमा उज्यालो चम्किरहेको र अरमानको काम महत्त्वपूर्ण रहेको प्रमाणित भएको छ ।’
‘निस्सन्देह यस अनावश्यक आक्रमणमा कसैको पनि मृत्यु हुनु दुखद हामी यस द्वन्द्वको समयमा प्रियजनहरू गुमाउने सबैसँग सहानुभूतिशील छौं’- बत्तीस वर्षीय सोल्डिन र उनका एएफपी सहकर्मीहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रको चासिभ यार नजिक युक्रेनी सेनासँग रहेको बेला मङ्गलबार ग्राड रकेटको आक्रमणमा परेका थिए।
उनी सुतिरहेको ठाउँ नजिकै रकेट प्रहार हुँदा उनको मृत्यु भएको हो । टोलीका बाँकी सदस्य भने सकुशल रहे ।
पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनको कट्टर समर्थक हुन् । उनले अरमान सोल्डिनको मृत्युले आफू दुखित भएको र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न चाहेको ट्वीटमा उल्लेख गरेका छन् ।
‘यो विश्वव्यापी द्वन्द्वहरू कभर गर्ने पत्रकारहरूले सामना गर्नुपरेको घातक खतराको सम्झना हो’-उनले भनेका छन् ।
सन् २०१५ देखि एएफपीमा रहेका सोल्डिन गत वर्ष द्वन्द्व कभर गर्ने विशेष टोलीको हिस्सा बन्नुअघि एजेन्सीको लन्डन कार्यालयमा बसेका थिए। लन्डनस्थित विदेशी प्रेस एसोसिएसन उनको मृत्युमा स्तब्ध छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५