शनिबार, पुष २७, २०८१
00:48 | ०६:३३

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ, एमालेद्वारा रायमाझी निलम्बित

नेपाली लिङ्क मे १०, २०२३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

बुधबार बिहान काठमाडौंस्थित निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीसंगै पीए नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

यसैबीच, पक्राउ परेका पूर्वमन्त्री खाँणलाई अनुसन्धानका लागि थुनामा राख्न अदालतबाट ४ दिन म्याद थप गरिएको छ ।

उता, शरणार्थी प्रकरणमा मुछिएका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नेकपा एमालेले पदबाट निलम्बन गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्म निलम्बन गरिएको जानकारी गराएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १२ पुगेको छ। पक्राउ पूर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू