शनिबार, पुष २७, २०८१
17:06 | २२:५१

फर्किए परराष्ट्रमन्त्री साउद

नेपाली लिङ्क मे ९, २०२३

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन गत बिहीबार राती लन्डन आइपुगेका मन्त्री आफ्ना स्वकीय सचिव र श्रीमतिसहित आज अपरान्ह ४ बजे नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदलाई राजदूत ज्ञानचन्द्र आचार्य र दूतावास कर्मचारीले हिथ्रो विमानस्थलमा विदाइ गरे ।

बेलायत रहंदा परराष्ट्रमन्त्री साउद गत ५ मेमा बकिङ्घम दरबारमा आयोजित ‘रिसेप्सन’ र ६ मे शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका थिए ।

उनले बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत अन्य उच्च सरकारी पदाधिकारी, भूतपूर्व गोखा र नेपाली समुदायका प्रतिनिधि लगायतलाई भेटेका थिए ।

सोमबार सांझ लन्डनस्थित नेपाली दूतावासमा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा मन्त्री साउदले आफ्नो बेलायत भ्रमणका क्रममा महत्वपूर्ण भेटघाट भएको जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू