शनिबार, पुष २७, २०८१
17:09 | २२:५४

सांस्कृतिक कार्यक्रम र बाजागाजासहित बेलायतका नेपालीले मनाए राजा चार्ल्सको राज्याभिषेक

नेपाली लिङ्क मे ९, २०२३


लन्डन। बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकको उत्सव बेलायतवासी नेपालीहरुले पनि विशेष कार्यक्रमसहित मनाएका छन्।

श्रृजनशील लेष्टर समाज नेपालको आयोजनामा सोमबार मिडल्यान्डको लेष्टर शहरमा विविध सांस्कृतिक कार्यक्रम र बाजागाजासहित खुशीयाली मनाइएको हो।

समाजका अध्यक्ष नारायण फुयाँलको अध्यक्षतामा सामूहिक रूपमा पानसमा बत्ती बाली शुरू गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष राजु कँडेल थिए।

अतिथिहरूमा नेपाली समाज नटिंघमका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री, साझा नेपाली समाजका अध्यक्ष कृष्ण सापकोटा शर्मा, साझाका निवर्तमान अध्यक्ष महेश अधिकारी, श्रृजनशील लेष्टर समाजका पूर्व अध्यक्षहरू दयानिधि सापकोटा, पशुपति पोखरेल, बलराम चापागाईँ र प्रेम आले मगर, नटिंघम नेपाली समाजका अध्यक्ष रविन्द्र शर्मा, पिटरबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा थिए।

त्यसैगरी, अन्य अतिथिहरू दिपक सापकोटा, बिष्णु चालिसे, पवन शर्मा, राम पन्थी, कृष्ण खरेल, एनआरएनए यूकेका सचिव बिष्णु चालिसे, गोमा पौडेल, शिव खरेल, लोकनाथ अधिकारी, शम्भु अर्याल, पदम गोले , ईश्वरि कडेंल, यज्ञ डुम्रे, गोविन्द सापकोटा (कोभेन्ट्री), एनआरएनए यूके प्रवक्ता सशांक शर्मा, समाजका सल्लाहकार डा मिलन ज्ञवाली, ईञ्जिनियर गोपाल न्यौपाने, डा प्रकाश पाण्डे, कला पोखरेल लगायत उपस्थित थिए ।

त्यस अवसरमा राजा चार्ल्सको दीर्घ जीवन, स्वर्णिम शासनकालको कामना गर्दै रणबहादुर केसी, राजु कँडेल, रविन्द्र शर्मा, केशव खतिवडा लगायतले मन्तव्य दिएका थिए।

औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष नारायण फुयाँलले कार्यक्रम सफल पार्न कटिबद्ध कार्यसमिति टिम र सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

लेष्टरस्थित हेरिटेज ईन्डियन रेष्टुरेन्टमा दिउँसो १ बजेदेखि शुरू भएको कार्यक्रम साँझ छ बजेसम्म चलेको थियो।

समाजका सचिव शिव पराजुलीले उपस्थित पाहुना एवं स्थानीयहरूलाई स्वागत मन्तव्य दिएका थिए। कार्यसमिति सदस्य माया प्रधानले अतिथिहरुलाई खादा, ब्याज लगाइदिएकी थिइन्।

कार्यक्रम सञ्चालन महासचिव पुण्डरी अर्यालले गरेका थिए । खानाको व्यवस्थापन ट्रस्टी प्रेम आले मगरले गरेका थिए।

औपचारिक कार्यक्रम समापनपछि रमाईलो साँस्कृतिक कार्यक्रममा नेपाली पन्चे बाजा, साना नानीहरूको उत्कृष्ट नृत्य एवं स्थानीय कलाकारहरू मिलन भट्ट र रेशम खत्रीको गायन प्रस्तुतिसहित लोक दोहोरी गीतमा हलमा खचाखच आगन्तुकहरू झुमेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू