बेलायती राजाको राज्याभिषेकका बेला लन्डन पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन (भिडियो)
लन्डन। बेलायतका राजा चार्ल्सको राज्याभिषेकको अवसरमा लन्डनको पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन गरिएको छ।
शनिबार बिहान वेष्टमिन्स्टर एब्बीमा राजा चार्ल्सको राज्याभिषेक समारोह चलिरहँदा सोही समयमा प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन गरिएको हो।
राजाको सुस्वास्थ्य, दिर्घायुका साथै कार्य सफलताको कामनाका लागि स्वस्तिवाचन गरिएको मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेले बताए।
बेलायती राजपरिवारले सबै धर्म र आस्थाहरुपति समान सद्भाव राख्ने गरेको उल्लेख गर्दै उनले राज्याभिषेकजस्तो विशेष ऐतिहासिक अवसरमा हिन्दू संस्कारअनुसार राजालाई शुभकामना दिइएको जनाए।
त्यस अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले पनि राज्याभिषेकका लागि राजा चार्ल्सलाई बधाई ज्ञापन गरेका थिए। स्वस्तिवाचनमा पण्डित घिमिरे, अध्यक्ष पाण्डेसहित सरिता पौडेल, तारा भट्टराईलगायत मन्दिर समितिका पदाधिकारीले भाग लिएका थिए।
यसअघि पण्डित घिमिरेले राज्याभिषेक समारोहमै पुगेर स्वस्तिवाचन गर्ने आफ्नो इच्छा एक पत्रमार्फत् बेलायती राजदरवारसमक्ष पनि प्रकट थिए। जवाफमा राजदरबारले प्राविधिक कारणले समारोहमै उक्त कार्य सम्भव नभएपनि उक्त दिन मन्दिरमै प्रार्थना गरिदिए आभारी हुने बताएको थियो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५