एनआरएनए यूके निर्वाचन समिति संयोजकमा ढकाल
लण्डन। सुनिल खड्का अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राष्ट्रिय समन्वय परिषदले निर्वाचन समिति गठन गरेको छ ।
आइतबार बसेको बैठकले २०२३-२५ कार्यकालका लागि जुलाई २२ मा निर्वाचन गर्न निर्वाचन समिति संयोजकमा संघका संस्थापक सचिव चिरन्जिबी ढकाललाई नियुक्त गरेको हो।
समितिका अन्य सदस्यहरुमा तमुधिं यूके अध्यक्ष हरि गुरुङ र एनआरएनए यूके संस्थापक सदस्य एवम् पत्रकार बिपिन निरौला छन् ।
सात सदस्यीय निर्वाचन समितिमा बाँकी चार सदस्य अध्यक्ष खडकासंगको समन्वयमा थप गर्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिएको छ ।
गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालका लागि सदस्यता ड्राइभ समिति संयोजक उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा चांडै सदस्यता ड्राइभ समिति बनाउने निर्णय गरेको छ ।
संघका अध्यक्ष खडकाको अध्यक्षतामा बसेको भर्चुअल बैठकले सदस्यता आवेदनका लागि जुन २३ लाई अन्तिम समयसीमा निर्धारण गरेको छ ।
यसैगरी संघको ११ औं अधिवेशन जुलाई १६ र संघको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५