अमेरिकामा फ्लुका कारण १९ हजार बढीको मृत्यु



फाइल तस्बिर एपी
लस एन्जलस, ९ वैशाख–अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।
तथ्याङ्क अनुसार यो बर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ ।
यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको छ । सीडीसीको तथ्याङ्कअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन् ।
अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ ।
फ्लु रोगको उपचारमा प्रयोग गर्न सकिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि छन्, जसलाई जतिसक्दो चाँडो सुरु गर्न आवश्यक छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५