मिस वर्ल्ड एम्बासडर मनोनित भइन् एनआरएनए यूके पूर्व अध्यक्ष पुनम



मिस वेल्स विजेता सुन्दरी मिल्ली माइ एडम्स्का साथ पुनम गुरुङ
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके पूर्व अध्यक्ष पुनम गुरुङ ‘मिस वर्ल्ड’ को एम्बासडर मनोनित भएकी छन्।
विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले उनलाई एम्बासाडर मनोनित गरेको हो ।
मिस वर्ल्ड एम्बासाडरका रुपमा प्रतियोगिताको प्रतिष्ठा अभिवृद्धि र प्रवर्द्धनमा सहयोग पुर्याउनु आफ्नो प्रमुख दायित्व रहने पुनमले बताइन्।
‘मिस वर्ल्डजस्तो विश्व विख्यात संस्थाले मलाई सम्मानपूर्वक एम्बासाडरको जिम्मेवारी दिएकोमा गौरवान्वित छु’, उनले भनिन्, ‘यो भूमिकालाई न्याय हुने गरी आफ्नो योगदान दिन म उत्सुक छु ।’
मिस वर्ल्ड एम्बासाडर मनोनित भएलगत्तै पुनमले मिस वेल्स सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्। गतसाता वेल्समा सम्पन्न प्रतियोगितामा उनलाई मिस वर्ल्डले निर्णायक खटाएको हो।
मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको रुपमा भाग लिने पुनम पहिलो थिइन्। उनले भनिन्, ‘मेरो लागि मिस वर्ल्डको अनुभव निकै रमाइलो र सुखद रह्यो । मिस वर्ल्डसँग जोडिएपछि मेरो पहिलो इभेन्ट भएकाले यो अवसर थप अविस्मरणीय पनि बनेको छ ।’
यसअघि नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ ‘एमआइओडी’ गत वर्षदेखि मिस वर्ल्डमा ‘को-अनर’ को रुपमा भित्रिएका थिए।
पुनमले आफूमाथि विश्वास गरेर एम्बासाडरको जिम्मेवारी दिने दीपेन्द्रसहित सिंगो मिस वर्ल्ड परिवारलाई धन्यवाद दिंदै सक्दो योगदान गर्न कोशिश् गर्ने बताएकी छन्।
एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम बेलायतको नेपाली समुदायकी प्रभावशाली महिला अभियन्ता मानिन्छिन्। पछिल्लो समय उनी यहाँको कञ्जरभेटिभ पार्टीमार्फत् राजनीतिमा पनि सक्रिय छन्। बेलायतकै ठूलो नेपाली संस्था तमुधिं यूकेको आमा समूहकी पनि उनी संस्थापक अध्यक्ष हुन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५