आइतबार, पुष २८, २०८१
22:52 | ०४:३७

ट्राफल्गर स्क्वायरमा ठाउँ नपाएपछि यस वर्ष लन्डनमा बुद्धजयन्ती कार्यक्रम नहुने

नेपाली लिङ्क अप्रिल २१, २०२३

फाइल तस्विर: ट्राफल्गर स्क्वायरको बुद्धजयन्ती

लन्डन- लन्डनमा हरेक वर्ष आयोजना हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष नहुने भएको छ ।  

आयोजक बुद्ध फाउन्डेसन यूकेले वर्षेनी कार्यक्रम हुँदै आएको लन्डनको ट्राफल्गर स्क्वायरमा स्थान नपाएका कारण यसपटक कार्यक्रम रद्ध गरिएको जनाएको छ ।  

फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार एक वक्तव्य जारी गर्दै बेलायती राजा चार्ल्सको राज्यभिषेक समारोहका कारण कार्यक्रमका लागि गरिएको बुकिङ सम्बन्धित निकायबाट रद्ध गरिएको जानकारी गराएका छन्। 

मे ७ का लागि गरिएको बुकिङ मे ६ मा हुने राज्यभिषेक समारोहका कारण रद्ध भएको र त्यसको केही हप्ता परसम्म पनि उक्त स्थान उपलब्ध नभएकोले कार्यक्रम रद्ध गर्नुको विकल्प नरहेको श्रेष्ठले बताए।  

आगामी वर्ष सोहि स्थानमा नेपाल झल्काउने गरी थप कार्यक्रमहरुसहित भव्यताका साथ कार्यक्रम आयोजना गरिने प्रतिवद्धता फाउन्डेसनले गरेको छ। 

यस वर्षको कार्यक्रम स्थगित गर्नुपरेकोमा फाउन्डेसनले दु:ख व्यक्त गर्दै क्षमायाचना समेत गरेको छ।

यसअघि बुद्ध फाउन्डेसन यूकेले लन्डनको मुटु मानिने ट्राफल्गर स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम गर्दै आएको थियो। कोभिडका कारण विगत दुई वर्ष रोकिएपछि गत वर्ष पाँचौं संस्करण सम्पन्न भएको थियो ।  

सन् २०१६ मा फाउन्डेसनले कपिलवस्तु समाज यूकेसँग मिलेर शुरु गरेको कार्यक्रममा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए सहित बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाको पनि सहकार्य र सहभागिता रहने गरेको थियो । 

वक्तव्य: 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू