सोमबार, मंसिर १०, २०८१
02:59 | ०८:४४

अस्पताल आगलागीमा २१ को मृत्यु

रासस/सिन्ह्वा अप्रिल १८, २०२३

बेइजिङ, ५ वैशाख –बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १:३३ बजे आगो निभाइएको थियो ।

आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू