बुधबार, फागुन १४, २०८१
जी–७ विदेश मन्त्रीहरूद्वारा विकासशील देशबीच घनिष्ठ सम्बन्धमा जोड


रासस–सिन्ह्वा
अप्रिल १७, २०२३

जी–७ राष्ट्रका विदेशमन्त्रीहरू । तस्बिर- एपी
कारुइजावा, ४ वैशाख–विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् ।
जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्।
जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
हयाशी र उनका समकक्षीहरू तीन दिने बैठकका लागि आइतबार दिउँसो कारुइजावा आइपुगेका हुन् ।
जी–७ शिखर सम्मेलन आगामी मेमा जापानी शहर हिरोशिमामा हुँदैछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५