लेष्टरमा बेलायती राजाको राज्याभिषेकमा विशेष नेपाली कार्यक्रम हुंदै
लन्डन । बेलायतको लेष्टरका नेपालीले राजाको राज्याभिषेकलाई विशेष अवसरका रुपमा मनाउने भएका छन् । श्रृजनशील लेष्टर नेपाल यूकेले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकका अवसरमा एक विशेष समारोह गर्ने भएको हो ।
संस्थाले राजाको दीर्घ जीवन र सफल राजसिंहासनको कामना गर्न ८ मे सोमबार एक कार्यक्रम तय गरेको अध्यक्ष नारायण फुंयालले जनाए।
बेलायत र नेपालबीच पुरानो कूटनीतिक सम्बन्ध रहेको र सबैभन्दा ठूलो दातृराष्ट्र भएकाले पनि यहांका राष्ट्रप्रमुखको राज्याभिषेक अवसरमा हर्ष बढाईं गर्न लागिएको अध्यक्ष फुंयालले बताए ।
लेष्टरको हेरिटेज इण्डियामा दिउसो १ देखि सांझ ६ बजेसम्म कार्यक्रम गरिनेछ । शुभकामना तथा सांस्कृतिक कार्यक्रमसहित राज्याभिषेकको खुशीयाली आदानप्रदान गरिने संस्थाले जनाएको छ । फुंयालले कार्यक्रममा सहभागिताका लागि स्थानीय नेपालीलाई निमन्त्रणा पनि गरेका छन् ।
आगामी मे ६ तारिख लन्डनस्थित वेस्टमिनिष्टर गिर्जाघरमा राजाको राज्याभिषेक हुंदैछ । वकिङघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ ।
समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने जनाइएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल पनि समारोहमा सरिक हुने भएका छन् ।
श्रृजनशील लेष्टर नेपाल यूकेले गत वर्ष स्वर्गीय महारानी एलिजावेथ द्वितीयको ‘प्लाटिनम जुब्ली’ समारोह पनि गरेको थियो ।
मिडल्यान्डको अग्रणी उक्त संस्थाले बेलायत र नेपालको राष्ट्रियता अनि च्यारिटीका सवालमा अन्य भन्दा छिटो र बढी काम गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५