बेलायतमा रास्वपाको संगठन विस्तार, पवन शर्माको नेतृत्वमा सम्पर्क विभाग गठन
लन्डन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बेलायतमा आफ्नो संगठन विस्तार गरेको छ ।
बेलायतस्थित पार्टीका समर्थकहरुको सहभागितामा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरिएको हो । युवा सामाजिक अभियन्ता पवन शर्माको नेतृत्वमा गठित विभागको समितिमा यहाँस्थित विभिन्न क्षेत्र र पेशामा आवद्ध नेपालीलाई समेटिएको छ ।
आइतबार बिहान आयोजित पहिलो जुम भेलामा विभागको टिम सार्वजनिक गरिएको हो । पवन शर्मा संयोजक रहेको ११ सदस्यीय समितिको उपाध्यक्षमा कोशलेश्वर ढकाल, महासचिव मनोज न्यौपाने, सचिव यत्रराज कार्की, कोषाध्यक्ष बाबु न्यौपाने र सह-कोषाध्यक्षमा माया गुरुङ छन् । सदस्यहरुमा शिव कंडेल, सौरभ ओझा, शिव भण्डारी, निलिमा खड्का र डा. राजु सापकोटा छन् ।
समिति सार्वजनिक गर्ने भेलालाई रास्वपा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेकी थिइन् । पार्टीको नवगठित बेलायत सम्पर्क विभागलाई शुभकामना दिंदै उनले रचनात्मक सहयोगको अपेक्षा रहेको बताइन् ।
यसैबीच, रास्वपा प्रवास सम्पर्क विभाग बेलायतको घोषणासभा यही महिना आयोजना हुने भएको छ । अप्रिल ३० तारिख आइतबार बेलायतको पिटरबरोमा एक औपचारिक सभाबीच विभाग घोषणा गर्ने तयारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५