बिहीबार, पुष २५, २०८१
09:47 | १५:३२

धन किरणले ल्याए छुवाछुत र जातीय विभेदविरुद्धको म्यूजिक भिडियो 

नेपाली लिङ्क अप्रिल १६, २०२३

लन्डन । बेलायतस्थित नेपालीमूलका पहिलो काउन्सिलर गायक तथा संगीतकार धन किरण गुरुङ विगत पांच वर्षदेखि गीत संगीतमा सशक्त रूपमा क्रियाशील छन् ।

झन्डै दुई दर्जन म्यूजिक भिडियो र ४०० बढी गीत दर्शकश्रोता माझ ल्याइसकेका उनले भर्खरै आफ्नै स्वर र संगीतमा ‘मायाको सिमाना’ गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतका रचनाकार जापानका लागि नेपाली राजदूत तथा बेलायतका लागि पूर्व राजदूत डा. दुर्गाबहादुर सुवेदीको छ । गीतको एरेन्जमेन्ट, मिक्सिङ मास्टरिङ सुरत प्रधान र रेकर्डिङ आशिक गुरुङले गरेका हुन् ।

भिडियोमा अभिनेता शुकचन्द्र थापा र मोडल मेनुका क्षेत्रीको अभिनय छ । भिडियोले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्नुपर्ने सन्देश बोकेको र यसमा प्रेमील जोडीको सत्य प्रेम कहानी देखाउन खोजिएको धन बताउंछन् । धन किरण गुरुङको आफ्नै निर्देशन रहेको म्यूजिक भिडियो डिजी प्रोडक्सन लण्डनको ब्यानरमा बनेको हो ।

उक्त म्यूजिक भिडियोको निर्माण अल्का गुरुङले गरेकी हुन् । भिडियोमा गेस्ट अपिरिएन्समा कलाकार जीवन गुरुङ, राजु कुमार शासंकर र श्रीमती पार्वती हमालले साथ दिएका छन् ।

भिडियो छायांकन विक्रम डिसीले गरेका छन् भने सम्पादन अरुण कटवाल र फाइनल कलर गेर्ड अनिल कटवालले गरेका हुन् । भिडियोमा कृष्ण तामाङको कोरियोग्राफी छ । मेकअपमा दिलीप ठाकुर र प्रोजेक्ट प्राविधिक सल्हाकारमा कुमार केसी छन् ।

संसारमा सत्य प्रेम गर्ने मायालु जोडीहरूको कथा प्रतिनिधित्व गर्ने म्यूजिक भिडियो ‘मायाको सिमाना’ ले दर्शक श्रोताको मन जित्ने विश्वास गायक तथा निर्देशक धन गुरुङको छ ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू