नेपाली गाउने भारतीय गायकका साथ हेल्प नेपाल नेटवर्क यूकेको कन्सर्ट हुंदै
लन्डन । अर्को मुखर्जी भारतीय गायक हुन् जसले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीत सुमधुर आवाजमा गाएका छन् ।
नेपालीलाई औधि माया गर्ने र नेपाल गइरहने तिनै गायकले आउंदो अप्रिल २३ तारिख आइतबार साउथ इष्ट लन्डनमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
हेल्प नेपाल नेटवर्क यूकेले दि ट्रामसेड वुलवीचमा गर्न लागेको कार्यक्रममा मुखर्जी लाइभ म्यूजिकका साथ स्टेजमा उत्रनेछन् ।
सांझ ६ बजेदेखि हुने उक्त कार्यक्रमबाट संकलित रकम हेल्प नेपाल नेटवर्क यूकेले नेपालका असहायको सहयोगमा खर्चने अध्यक्ष सचिन श्रेष्ठले जनाए । श्रेष्ठले परोपकारी कार्यका लागि हुने कार्यक्रममा सहभागी भएर गच्छे अनुसार सहयोग गरिदिन संगीतप्रेमी सबैमा अपिल गरेका छन् ।
उक्त कार्यक्रमका लागि यस लिंकमा क्लिक गरेर टिकट लिन सकिने आयोजकले जनाएका छन् । ‘म्यूजिक वीदाउट बाउण्ड्रीज’ थिममा गर्न लागिएको सांगीतिक कार्यक्रमको प्रवेश शुल्क २० पाउण्ड छ ।
उक्त कार्यक्रमको संयोजन प्रसिद्ध प्रधानले गरेका छन् ।
संस्थाका ट्रष्टी डा. सुदर्शन गुरुङले सामाजिक सद्भाव्, सांस्कृतिक विविधता र सामुदायिक अन्तरघुलनका लागि पनि कार्यक्रम आयोजना गरिएको जनाए ।
विश्वका विभिन्न देशमा रहेका नेपालीले परोपकारी संस्था हेल्प नेपाल नेटवर्कलाई महिनैपिच्छे आर्थिक सहयोग गर्दै आएका छन् ।
उक्त संस्थाले नेपालमा कयौं परोपकारी कार्य गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५