नयां वर्षको अवसरमा आइएमई लन्डनले ल्यायो विशेष योजना
लन्डन । आइएमई लन्डनले नयां वर्ष २०८० को अवसर पारेर ग्राहकका लागि विशेष योजना ल्याएको छ । मनी ट्रान्सफरमा भरपर्दो मानिएको कम्पनी आइएमई लन्डनले ल्याएको योजनामा ग्राहकहरुले पैसा पठाउंदा उत्कृष्ट एक्सचेन्ज रेट प्राप्त गर्नेछन् । कम्पनीले नयां वर्ष योजना अहिले यस व्यवसायमा अन्य कम्पनीले प्रदान गरेको मध्ये उत्कृष्ट भएको दावी समेत गरेको छ ।
बेलायतभित्र बस्ने ग्राहकलाई विश्वका विभिन्न मुलुकमा पैसा स्थानान्तरण गर्न सेवा प्रदान गर्दै आएको आइएमई लन्डनले चाडपर्वमा विशेष योजना ल्याउने गरेको छ । हाल आइएमई लन्डनले भाग्यशाली ग्राहकहरूका लागि ‘आइफोन गिभअवे एण्ड गिफ्ट हयाम्पर्स’ योजना पनि लागू गरेको छ ।
आइएमई लन्डन बेलायतमा दर्ता भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको छ । आइएमई लन्डन यूकेको एचएमआरसी र एफसीएद्वारा नियमन गरिएको संस्था हो । यसको मुख्य कार्यालय साउथ हयारो लन्डनमा छ । थप जानकारीका लागि www.imelondon.co.uk वेवसाइट हेर्न पनि कम्पनीले अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५