बिहीबार, पुष २५, २०८१
09:54 | १५:३९

सांगीतिक यात्रामा ३० वर्षदेखि निरन्तर मंगोलियन हार्ट

रासस अप्रिल ९, २०२३

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ ले सांगीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।

गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’ मा चम्किएका छन् ।

सांगीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएको गायक लामाले जानकारी दिए । “हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौँ”, उनले भने ।

लोक, स्लोरक, पप मेलोडी सङ्गीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

यही चैत २७ मा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए । यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू