सोमबार, मंसिर १०, २०८१
05:37 | ११:२२

अमेरिकी सेना अफगानिस्तानबाट आकष्मिक फिर्ता हुनु गल्ती

रासस–सिन्ह्वा अप्रिल ८, २०२३

न्यूयोर्क, २५ चैत–अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमा अमेरिकी सैन्य उपस्थिति फिर्ताबारे सरकारको निष्कर्ष जारी गर्दै एक्कासी अस्वाभाविक निर्णय गरेको थियो जुन निर्णयको सर्वत्र आलोचना भएको थियो ।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।

अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले ‘स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान देश भरि कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं’ भनेर टिप्पणी गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू