अन्तिम समयमा रोकियो बेलायतबाट नेपाली सुरक्षा गार्डहरुको डिपोर्टेसन
लण्डन। विगतमा अफगानिस्तानस्थित बेलायती दूतावासको सुरक्षामा खटिएका एक दर्जन नेपाली सुरक्षा गार्डहरुको डिपोर्टेसन अन्तिम समयमा रोकिएको छ।
गतसाता लन्डनमा पक्राउ गरेर इमिग्रेसन डिटेन्सन सेन्टरमा राखिएका उनीहरुलाई नेपाल फर्काउने निर्णय तत्काल कार्यान्वयन नगरिने भएको हो।
उनीहरुलाई नेपाल फर्काउने आफ्नो निर्णय बेलायत सरकारले अहिलेलाई ‘हल्ट’ मा राखेर रिभ्यू गर्न लागेको बीबीसीले उल्लेख गरेको छ।
गतसाता लन्डनको एक होटेल किचेनमा गैरकानूनी रुपमा काम गरिरहेका ती १० सुरक्षा गार्डलाई बेलायती इमिग्रेसनले पक्राउ गरेको थियो।
पक्राउपछि हिथ्रो र ग्याटविक एयरपोर्टनजिकै इमिग्रेसन डिटेन्सन सेन्टरमा राखेर उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइएको थियो। उनीहरुमध्ये केहीलाई बिहीबारकै उडानमा समेत फर्काउने तयारी थियो।
अगस्ट २०२१ मा तालिबानले काबुल कब्जामा लिएसँगै त्यहाँको बेलायती दूतावास सुरक्षामा खटिएका ११ नेपाली र २ भारतीय सुरक्षा गार्डलाई बेलायतले उद्धार गरी लन्डन पुर्याएको थियो । तीमध्ये केहीले बेलायतको स्थायी आवासीय अधिकार प्राप्त गरिसकेका छन् भने अन्यलाई अनिश्चितकालीन बिदा दिइएको थियो ।
यो पनि पढौं: बेलायतबाट डिपोर्ट हुँदै नेपाली सुरक्षा गार्ड
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५