सोमबार, मंसिर १०, २०८१
05:34 | ११:१९

भागदौडमा नौ महिलाको मृत्यु

रासस–एएनआई अप्रिल १, २०२३

भावव्हिल परिवार

कराँची, १८ चैत–कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।  मृतकमा नौजना महिला छन् भने तीनजना बालबालिका रहेका छन्।

निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो ।

उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो । कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ ।

घाइतेहरूमध्ये कैयौंको अवस्था गम्भीर छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू