विवादास्पद न्यायिक सुधार तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह


जेरूसेलम, १३ चैत–इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ ।
प्रदर्शनपछि हर्जोगले ट्वीटरमा सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका हुन् । प्रदर्शनकारीहरूले सुधार परियोजनाले इजरायलको लोकतन्त्रलाई खतरामा पारेको बताएका छन् ।
नेतन्याहूको सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउने भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।
संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरेपनि बेलायत यस विषयमा मौन छ ।
नेतन्याहूले बेलायतको दुई दिने भ्रमण सकी स्वदेश फर्केपछि राष्ट्रपतिको यो प्रतिक्रिया आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५