फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन अझ चर्कने



पछिल्ला दिनमा फ्रान्समा सरकारविरोधी आन्दोलनले उग्र रुप लिएको छ । तस्बिर-एएफपी
पेरिस- राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सारेको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्ध विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ ।
अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए भने आगामी साता बेलायतका राजा चार्ल्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ ।
राष्ट्रपति म्याक्रोँले अघि सारेको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । म्याक्रोँले ‘रिटायर्ड’ हुने विद्यमान ६२ वर्षको उमेर हद बढाएर ६४ पुरयाउने विधेयक प्रस्ताव गरेका छन् ।
भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।
यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएका छन् । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उनले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५