मेरिल्याण्ड सवारी दुर्घटनामा ६ को मृत्यु


वासिङ्टन–मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।
सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।
उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
गम्भीर घाइते भएका चालकलाई अस्पताल पुरयाइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५