चिनियाँ राष्ट्रपतिद्वारा नेपालका राष्ट्रपतिलाई बधाइ



तस्बिर- सिन्ह्वा
बेइजिङ, ३० फागुन–चीनका राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेकामा बधाइ दिएका छन् ।
आफ्नो बधाइ सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएको मित्रवत् छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको विश्वसामु राम्रो दृष्टान्त प्रस्तुत गरेको बताएका छन् ।
चिनियाँ राष्ट्रपतिले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई थप सुदृढ पार्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य अगाडि बढाउन र विस्तार गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताएका छन् ।
त्यसैगरी उनले विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्नका लागि सांस्कृतिक एवं जनता-जनताबीचको सम्बन्धलाई थप प्रगाढ पार्न आगामी दिनहरू अझ महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५